मुलुकको अर्थतन्त्रका सबै परिसूचक नकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पाँच महिनामा चार खर्ब रुपैयाँ व्यापार घाटा, मूल्यबृद्धि दर पनि बढ्यो –

काठमाडौं, ४ माघ । मुलुकको अर्थतन्त्रका सबै परिसूचक नकारात्मक देखिएका छन् । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकमा आधारित रहेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक परिदृष्यमा शोधानान्तर घाटा ९ अर्बमा पुगेको देखिएको हो ।

देशमा भित्रने भन्दा बाहिरिने रकम ९ अर्ब रुपैयाँले बढी भएपछि शोधानान्तर घाटामा गएको हो । देशको चालु खाता घाटा ४१ अर्ब रुपैयाँले नोक्सानीमा देखिन्छ । शोधानान्तर घाटा बढ्दा त्यसको असर सिधा वित्तीय प्रणालीमा पर्छ र ब्याजदरमा भारी बृद्धि हुन्छ ।

राष्ट्र बैंकले सरकारी खर्च बढेपछि वित्तीय प्रणालीमा निक्षेप थपिने अनुमान गरेपनि शोधानान्तर घाटाको स्थितिले अझै अप्ठ्यारो पार्ने अर्थविद्हरु बताउँछन् । राष्ट्र बैंकका अनुसार पाँच महिनामा ४ खर्ब रुपैयाँको घाटाको ब्यापार भएको छ ।

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको विप्रेषणको बृद्धिदर भने घटेको छ । रेमिटेन्सको आय शुन्य दशमलव ८ प्रतिशतले घटेको छ । ५ महिनामा २ खर्ब ८५ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ । राष्ट्र बैंकले भने आर्थिक गतिविधि सहि दिशामा गएको जनाएको छ ।

यस वर्ष मूल्यबृद्धि दर पनि फराकिलो देखिएको छ । आर्थिक वर्ष २०७३-०७४ मा ३ दशमलव ८ प्रतिशत रहेको मूल्यबृद्धिदर चालु वर्षको सोही अवधिमा ४ दशमलव ८ प्रतिशत पुगेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);