घरेलु औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

घरेलु औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति

gharelu udhyog

तेजना पण्डित

काठमाडौं, ११ चैत । अहिले काठमाडौंको भृकुटी मण्डपमा देशैभरका घरेलु तथा साना व्यवसायी जम्मा भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको प्रर्दशनीमा ७३ वटै जिल्लाका व्यवसायीहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा अवलोकनकर्ताहरुको पनि उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाइ छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादीत विभिन्न सामाग्री प्रदर्शनमा राखिएको छ । एउटै छानामुनी देशैभर उत्पादन भएका सामाग्री पाइने हुँदा अवलोकनकर्ताहरुको पनि घुईंचो लागेको छ । मेलामा अल्लो, ढाका, उनी लगायतबाट बनेका सामाग्री, तयारी पोशाक, खुकुरी, अचार, जुस, मादल, माटाका भाँडा लगायतका सामाग्री प्रमुख आकर्षण बनेका छन् ।

त्यासो त देशै भरका व्यवसायी एक स्थानमा जम्मा हुन पाउँदा व्यवसायीहरु पनि उत्साही छन् । अझ, आयोजकले विनाशुल्क स्टल उपलब्ध गराएकाले आफ्नो उत्पादनको प्रदर्शनी गर्न थप प्रोत्साहन मिलेको व्यवसायीहरुको भनाइ छ ।

दर्ता भएका ३ लाख घरेलु तथा साना उद्योग मध्ये हाल ७५ प्रतिशत सञ्चालनमा छन् । घरेलु उद्योगमा महिला तथा विदेशमा काम गरेर अनुभव बटुलेका युवाहरुकोसमेत आकर्षण बढ्दै गएको घरेलु तथा साना उद्योग समतिका कार्यकारी निर्देशक विनोददेव पन्तको भनाइ छ ।

विदेशी आयातका कारण ब्यापार घाटा बढ्दै गईरहेका बेला घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नसके व्यापार घाटा घट्नुका साथै स्वरोजगारी बढाउनसमेत मद्दत पुग्ने छ ।

त्यसो त संघीय सरकारले प्रदेश सरकारको समन्वयमा हरेक प्रदेशमा मेला सञ्चालन गर्ने तयारी गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात घटाउन सके राज्यले बेहोर्दै आएको व्यापार घाटामा कमी आउने अपेक्षा गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);