चीनमा हुने १५ आैं अन्तर्राष्ट्रिय मेलामा नेपालको पनि सहभागीता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चीनमा हुने १५ आैं अन्तर्राष्ट्रिय मेलामा नेपालको पनि सहभागीता

काठमाडाैं, १० असाेज । चीनको गोन्झाओमा हुने १५ आैं अन्तर्राष्ट्रिय साना तथा मझौला उद्यमी मेलामा नेपालले पनि सहभागीता जनाउने भएको छ ।

चीनको गोन्झाओमा आगामी असोज २४ देखि २७ गते सम्म हुने अन्तर्राष्ट्रिय साना तथा मझौला उद्यमी मेलामा नेपालका व्यवसायीले पनि सहभागीता जनाउने भएका हुन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि मेलामा नेपालको तर्फबाट सहभागीता जनाईनेबारे जानकारी गराएको हो ।

मेलामा सहभागी हुनका लागि १३ महिला र १३ पुरुष व्यवसायी गरि २६ जना त्यसतर्फ जाँदै छन् । हस्त निर्मित सामाग्री, पस्मिना, ढाकाका उत्पादन, अल्लो, थान्का, काष्ट निर्मित सामाग्री, छोवालीबाट निर्माण गरिएका सामाग्री, बुद्धचित्त र रुद्राक्षका माला, लगायत १९ प्रकारका उत्पादन लिएर २६ जना उद्यमीहरु मेलामा सहभागी हुन जाने महासंघका अध्यक्ष बावुकाजी महर्जनले जानकारी दिए ।

३२ वटा राष्ट्रका व्यवसायीको सहभागीता रहने अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन पाउँदा महिला उद्यमी पनि उत्साहित देखिएका छन् । मेलामा आफ्ना उत्पादनको विक्रिको साथै थप माग पनि आउने अपेक्षा उनीहरुले गरेका छन् ।

चाईनाको गोन्झाओमा हुने १५ औं अन्तर्राष्ट्रिय साना तथा मझौला उद्यमी मेला आयोजक समितिले नेपालका व्यवसायीका लागि ६० वटा स्टल निःशुल्क उपलब्ध गराएको छ ।

मेलामा सहभागी हुने क्रममा त्यहाँ पुगेका उद्यमीले त्यहाँको उद्यमशिलताको अध्ययन भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । मेलामा सहभागी हुन पर्सि शुक्रबार उद्यमीहरु चीन जाँदैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);