महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

ललितपुर, २० फागुन । हस्तकलाको प्रवद्र्धन महिला शसक्तिकरणको सम्र्बद्धन भन्ने नारा सहित महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ । नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

बिहीबार नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएका हुन् । मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ ।

मेलामा साना ठूला गरी ५० भन्दाबढी स्टलहरु रहने बताइएको छ । नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको मेलाको मुख्य आकर्षण हुनेछ । हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);