शनिबार देशका कुन कुन भूभागमा बर्षा हुने सम्भावना ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

शनिबार देशका कुन कुन भूभागमा बर्षा हुने सम्भावना ?

mausam

काठमाडौं, २२ फागुन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्री मनसुनको प्रभाव स्वरुप शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहने र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा शनिबार दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको केर्ही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति भने प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);