आज बागमतीसहित तीनप्रदेशमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आज बागमतीसहित तीनप्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, १८ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिन्छ । देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विभागको अनुुसार आज दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);