प्रदेश १ मा आज मेघ गर्जनसहित वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश १ मा आज मेघ गर्जनसहित वर्षा

काठमाडौं, १२ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश नं १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);