भियतनामको मध्य क्षेत्रस्थित डाक लक प्रान्त लामो समयदेखि कफी उत्पादनका लागि प्रसिद्ध छ । तर पछिल्लो समय यहाँका किसानहरू कफीबाट दुरीयान खेतीतर्फ पनि आकर्षित हुन थालेका छन् । इआ तुल कम्युनअन्तर्गत थाई बिन्ह गाउँका किसानले तुआन ताइ दुरीयानका रूखले ढाकिएको आफ्नो बगैँचामा फल पाके–नपाकेको जाँच गरिरहेका भेटिन्छन् । करिव चार दशकदेखि यही जमिनमा खेती गर्दै आएका ताइको परिवारले पहिले रबर, त्यसपछि कफी र अहिले दुरीयान खेती गर्दै आएको छ । ताइकाअनुसार उनको १० हेक्टर जमिनमा करिव २ हजार दुरीयानका रूख छन् । यस वर्ष करिव ३५० टन दुरीयान उत्पादन हुने र त्यसको झन्डै ७० प्रतिशत चीन निर्यात गर्ने उनको अपेक्षा छ ।
डाक लक भियतनामको प्रमुख कफी उत्पादन क्षेत्र हो । यहाँ २ लाख १४ हजार हेक्टरभन्दा बढी क्षेत्रमा कफी खेती गरिन्छ र वार्षिक उत्पादन ५ लाख ३० हजार टनभन्दा बढी छ । तर अहिले दुरीयान खेती तिब्र गतिमा विस्तार भइरहेको छ । यसको प्रमुख कारण चीनको बजार हो । सन् २०२२ मा भियतनाम र चीनबीच ताजा दुरीयान चीन निर्यात गर्न औपचारिक सम्झौता भएपछि किसानहरूले स्थिर बजार र मूल्य पाउने अवसर बढेको हो । डाक लक प्रान्तमा दुरीयान खेतीको क्षेत्रफल सन् २०२२ मा करिव १५ हजार हेक्टर रहेकामा सन् २०२६ मा बढेर ४५ हजार हेक्टर पुगेको छ । सन् २०२६ मा यहाँ करिव ५ लाख टन दुरीयान उत्पादन हुने अनुमान गरिएको छ ।
गत वर्ष डाक लकले भियतनामको कुल दुरीयान निर्यात आम्दानीमा करिब १ अर्ब १० करोड अमेरिकी डलर योगदान गरेको थियो । भियतनामको कुल दुरीयान निर्यात आम्दानी करिब यस क्रममा भियतनामले लामो समयदेखि चीनको प्रमुख दुरीयान आपूर्तिकर्ता रहेको थाइल्याण्डलाई पछि पारे ३ अर्ब ८६ करोड अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ ।
भियतनामी सञ्चारमाध्यमका अनुसार चीनमा करिब ९ लाख ४० हजार टन दुरीयान निर्यात गरेपछि भियतनाम पहिलोपटक चीनको सबैभन्दा ठूलो दुरीयान आपूर्तिकर्ता बनेको छ । यस क्रममा भियतनामले लामो समयदेखि चीनको प्रमुख दुरीयान आपूर्तिकर्ता रहेको थाइल्यान्डलाई पछि पारेको हो ।
डाक लक दुरीयान संघका अध्यक्ष ले आन चुङका अनुसार दुरीयान खेतीको भविष्य कफीलाई पूर्ण रूपमा विस्थापित गर्नुमा नभई कृषिलाई थप विविध र दिगो बनाउनुमा रहेको छ ।
दुरीयानको बढ्दो मागसँगै प्रशोधन र निर्यात गर्ने व्यवसाय पनि विस्तार हुँदै गएको छ । सन् २०२२ मा स्थापना भएको भियतनाम ००१ फ्रुट कम्पनी लिमिटेडले हालसम्म २ हजारभन्दा बढी कन्टेनर दुरीयान निर्यात गरिसकेको र यसको मूल्य २३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी पुगेको जनाएको छ । कम्पनीका उत्पादन चीनका कुनमिङ, ग्वाङ्झाउ, सांघाई र बेइजिङलगायत विभिन्न शहरका उच्चस्तरीय सुपरमार्केटदेखि थोक बजारसम्म पुगिरहेका छन् ।
कम्पनीकी निर्देशक गुएन थी मी जुयीले ताजा दुरीयानको बजार कहिलेकाहीँ सन्तृप्त भएमा प्रशोधित उत्पादनमा जोड दिने बताइन् ।
उनकाअनुसार दुरीयानबाट केक, दूध, आइसक्रिम, सुक्खा दुरीयानलगायत विभिन्न खाद्य पदार्थ उत्पादन गरेर यसको मूल्य थप बढाउने योजना छ । यसरी कफीका लागि प्रसिद्ध डाक लकमा दुरीयान खेती किसानका लागि नयाँ आम्दानीको स्रोत बन्दै गएको छ भने चीनको विशाल बजारले भियतनामको दुरीयान उद्योगलाई तीव्र विस्तारको अवसर दिएको छ ।
भियतनामको कफी उत्पादन क्षेत्रलाई नयाँ आर्थिक अवसर दिँदै दुरीयान खेती
ताजा समाचार
चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण
११ मिनेट अघि
चीनद्वारा नौ नयाँ उपग्रह अन्तरिक्षमा सफल प्रक्षेपण
११ मिनेट अघि




