निहारिका र शिवराजबीच मिलापत्र, पति पत्नीको रुपमा संगै बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निहारिका र शिवराजबीच मिलापत्र, पति पत्नीको रुपमा संगै बस्ने

काठमाडौं, १८ माघ । कुमारी आमाको रुपमा पछिल्लो समय चर्चामा रहेकी निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । उनीहरुबीच मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले गराएका हुन् ।

श्रेष्ठले राजपुतलाई श्रीमतीको रुपमा स्वीकार्दै उनीहरु पति पत्नीको रुपमा संगै बस्ने निर्णय भएको छ । नेहारिका र उनका छोराको आवश्यक सबै खर्च श्रेष्ठले व्यहोर्ने भएपछि एक सगोलमा बस्नेगरी फिराद दाबी छाडेको मिलापत्रमा उल्लेख गरीएको छ ।

राजपुतले लामो समयदेखि आफू बलात्कृत भएको भन्दै कानुनी उपचारका लागि आन्दोलन गर्दै आएकी थिइन् । कहिले रिले अनसन त कहिले राष्ट्रपति कार्यालय अगाडी पेट्रोल छर्किएर आत्मदाहको समेत प्रयास गरेकी थिइन् । सोही क्रममा उनी कयौपटक पक्राउ समेत परिन्् । उनले बच्चाको डिएनए जाँच गरिनुपर्ने र त्यसको रिपोर्ट सार्वजनिक गरिनुपर्ने उनले माग राखेकी थिइन् । सोही अनुसार डिएनए जाँच गर्दा उनको बच्चाको डिएनए श्रेष्ठसँग मिलेको थियो ।

जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते श्रेष्ठलाई सफाइ दिएपछि उनी उच्च अदालत जनकपुर पुगेकी थिइन् ।

बलात्कार मुद्दा लम्बिएको अवस्थामा निहारिकाले गत आइतबार धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध अंश मुद्दा दायर गरिन् । निहारिकाले शिवराजसँग आफ्नो तीन वर्ष प्रेम भएपश्चात २०७५ सालदेखि पतिपत्नीका रुपमा बसेको उल्लेख गरेकी छिन् । आफूहरुको सम्वन्धबाट २०७७ सालमा बच्चा जन्मिएको उनको निवेदनमा उल्लेख छ । बच्चा जन्मिएपश्चात श्रीमानले आफूसँग झगडा र कुटपिट गर्ने भएकाले सँगै बस्न सक्ने अवस्था नआएको उनले बताएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);