पाल्पामा व्यबसायिक रुपमा अदुवा खेती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

पाल्पामा व्यबसायिक रुपमा अदुवा खेती

पाल्पा । एक दशक अगााडी सम्म मुख्य नदगेवालीको रुपमा स्थापित अदुवा खेतीको पुन व्यबसायिक रुपमा खेतीको शुरुवात गरिएको छ ।

कृषि ज्ञान केन्द्रको व्लग कार्यक्रम अन्र्तगत आर्थिक तथा प्राविधिक रुपमा कृषकहरुले सहयोगका कारण अदुवा खेतीको पुन व्यबसायिक रुपमा उत्पादन शुरु भएको छ । केहीबर्ष अघि सम्म अदुवा खेतीको बजार राम्रो भएपनि भारतीय अवरोधको कारण अदुवा खेती छाडेका कृषकहरु कृषि ज्ञान केन्द्रको व्लग कार्यक्रम बाट उत्साहितभएका छन् ।

प्रदेश सरकार अन्र्तगत कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सहकारीहरुको समन्वयमा जिल्लाको पुर्वखोला, बगनासकाली गाउँपालिकामा व्यबसायिक रुपमा खेती शुरु भएको हो कृषक बुद्धिमान श्रेष्ठले बताए ।

उनले भने, : ‘अदुवा खेतीबाट हामी कृषकहरुले दोहोरो फाईदा लिन सफलभएका छौं । स्थानिय सरकार र कृषि कार्यालयबाट पनी सहयोग प्राप्त भएको छ । अदुवाको मुल्य पनि बढि आउने भएका कारण व्यबसायिक रुपमा खेती सुरु गरेका हौं ।’

उत्पादन बृद्धि गर्न यात्रिकरणमा सहयोग गरेको सहकारीको संस्थागत विकासमा टेवा पुगेको हात्तीलेक सहकारी संस्थाका व्यवास्थापक ज्ञान बहादुर रानाले बताए । उनले भने, : ‘स्थानीय हात्तीलेक कृषि सहकारीका दुई सय सदस्यहरुले व्यबसायिक रुपमा अदुवा खेतीको प्रभाव सिंगो सिलुवागाउँमा परेको छ । अब यसलाई थप व्यापकता दिने गरी कार्यक्रम अगाडि बढाउने छौं । ’

चक्लावन्दी कार्यक्रम अन्र्तगत बगनासकाली गाउँपालिका र पुर्वखोला गाउँपालिकाका ३ हजार रोपनी क्षेत्रफलमा व्यबसायिक रुपमा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले बताए । उनले भने, : ‘मुख्य नगदेवालीका रुपमा स्थापित अदुवा खेतीलाई पुन पुरानै अवस्थामा स्थापित गर्नका लागी कृषि ज्ञान केन्द्र लागि परेको र सकारात्मक नतिजा ल्याउन सफल भएका छौं ।’

अदुवा संगै मकैको राम्रो खेती गरेका कृषकहरुले वेसार, पिडालुको समेत खेती गरेका छन् । अदुवा उत्पादन संगै प्रशोधन स्थापनाकालागी सरकारले पहल गरेको खण्डमा पाल्पामा विदेशी मुद्रा भित्राउने वलियो संभावना देखिन्छ । त्यसको लागी सरकारले स्प्रष्ट कृषि निति बनाउन जरुरी देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);