अर्गानिक कुरिलोबाटै मनग्य आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अर्गानिक कुरिलोबाटै मनग्य आम्दानी

पाल्पा, ११ असोज । पाल्पामा रसायनिक मल र विषादीको प्रयोगविना अर्गानिक तवरले कुरिलो खेती गरी एक दम्पतीले मनग्य आम्दानी लिईरहेका छन् । पाल्पामै पहिलो पटक व्यवसायिक रुपमा कुरीलो खेती गरेर जीवराज घिमिरे र लुमकला घिमिरेले अर्गानिक खेती गरिरहेका छन् । अर्गानिक रुपमा उत्पादित कुरिलोले राम्रै बजार पाईरहेको छ ।

कम लगानीमा आम्दानी बढी हुने उनीहरुको अनुभव छ । बग्नासकाली गाँउपालिकाको वराङ्गदीमा कुरीलो खेतीको व्यवसायिक सफलता प्राप्त गरेपछि व्यवसायप्रति थप आर्कषण बढेको छ । स्वास्थ्यका लागिसमेत शक्तिवद्र्धक मानिने कुरीलो खेतीको विस्तारका लागि स्थानिय सरकारलेसमेत अग्रसरता लिन थालेको कृषक लुमकला घिमिरेको भनाई छ ।

कृषि व्यवसायी परम्परागत भए पनि कुरीलो खेतीतर्फ केही बर्ष अघि सम्म आकर्षण बढेको थिएन । तर पछिल्लो समय कृषकको आफ्नै प्रयासबाट व्यवसायिक रुपमा खेती गर्न लागेपछि कृषकहरुले प्रमुख नगदेवाली मात्र नभई आम्दानीको दिगो र भरपर्दो माध्यमसमेत कुरिलो खेती बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);