पाल्पाको रामपुरका कृषकहरु उन्नत जातको घाँस खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पाको रामपुरका कृषकहरु उन्नत जातको घाँस खेतीतर्फ आकर्षित

प्रकाश नेपाल

पाल्पा, ४ फागुन । पाल्पाको रामपुर नगरपालिकाका व्यवसायिक पशुपालक कृषकले जिल्लामै पहिलो पटक उन्नत जातको घाँसको व्यवसायीक खेती सुरु गरेका छन् । परम्परागत शैलीमा घाँस खेती गरेका कृषकहरु उन्नत र पोषण युक्त मलाइ जातको घाँसको खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

‘मलाइ प्रजातिको घाँस’को पहाडी हवापानीमा परिक्षण सफल भएपछि रामपुर क्षेत्रका कृषकहरु उत्साहित भएका हुन् । कृषक कृष्ण प्रसाद अर्यालका अनुसार झण्डै १५ रोपनी क्षेत्रफलमा उन्नत र पोषणयुक्त मलाई प्रजातिको घाँसको परीक्षण उत्पादन गरिएको छ ।

विगतमा जिल्ला पशुसेवा कार्यालयले घाँस खेतीको पकेट क्षेत्रका रुपमा विकास गरेपनि यो प्रजातिको घाँस जिल्लामा पहिलो पटक कृषक अर्यालले भित्र्याएका हुन् । भुँइमा कम क्षेत्रफल मै थोरै लगाएर पनि छिटो छिटो उत्पादन लिन सकिएको कृषक अर्यालको अनुभव छ ।

मलाइ प्रजातिको घाँस पाल्पाको हवापानीमा सुहाउँदो भएको अध्ययनले देखाएको छ । घाँसमा पशुलाई आवश्यक पर्ने प्रोटिनको मात्रा पनि बढी पाइन्छ । ठाउँ अनुसार मलाइ घाँसलाई हावापानी मिल्दो भएकोले यो प्रजातिको खेतीलाई थप विस्तार गर्ने तयारी पशु ज्ञान केन्द्र पाल्पाले गरेको छ ।

पहाडी जिल्ला पाल्पा पशुपालनका हिसावले उपयुक्त जिल्ला मानिन्छ । राम्रो हावापानी भएका कारण पाल्पामा पशुपालनसंगसंगै घाँस खेतीको पनि प्रचुर सम्भावना देखिन्छ । अन्नबालीका अन्य खेती जस्तै घाँस खेतीबाट पनि मनग्य आम्दानी हुने भएपछि मलाइ घाँस पनि कृषकको लागि नयाँ आम्दानीको विकल्पको रुपमा देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);