पाल्पाका कृषक व्यवसायिक केरा खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पाल्पाका कृषक व्यवसायिक केरा खेतीतर्फ आकर्षित

kera kheti palpa

पाल्पा, ५ फागुन । स्थानीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेपछी पाल्पाको रामपुर नगरपालिाकाका किसान उन्नत जातको केराखेति तर्फ आकर्षीत भएका छन् । परम्परागत बिउको प्रयोग गरिरहेका किसान अहिले त्यसलाई छाडेर उन्नत जातको केरा खेतीमा लागेका हुन् ।

स्थानीय जातको विरुवाको प्रयोग गरि परम्परागत शैलिमा निर्वाहामुखि केरा खेति गर्दै आएका रामपुरका कृषकहरुले यति बेला उन्न्तजानको विरुवाकोे प्रयोग गरि आधुनिक शैलिमा ब्यवासायिक रुपमा केरा खेतिको सुरुवात गरेका छन् । भु–वनोट र हावापनिको दृष्टिकोणबाट उत्तम, रोग तथा किराको प्रकोपबाट कम क्षति हुने भएकोले स्थानीय कृषकहरुले उन्नत जातको मालबोक, उइलियन, जी नाइन केराका बिरुवाको प्रयोग गरि ब्यवासयिक खेतीमा केरा खेती सुरु गरेका हुन् ।

परम्परागत प्रणालीको खेतिबाट आम्दानी बढी, कम मेहनत भरहेको थियो । थोरै लागनीबाट बढी आम्दानी अनि बजारीकरण समस्या नहुने भएकोले कृषहरुको रोजाइमा उन्नत जातको केरा खेति परेको हो ।

रामपुर नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रम अन्र्तगत वडा नं ६ लाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले लागनी गरेको हो । ब्यवासयिक केरा खेतिमा ४० जना कृषकहरु सलग्न रहेका छन् । रामपुर नगरपालिकाले विरुवाको ढुवानी र आवश्यक उपकरणको लागि शतप्रतिशत अनुदान उपलब्ध गराइएको छ ।

ब्यवासयिक केरा खेतिबाट समेत मनग्य आम्दानी गर्न सकिने सुनौलो भविष्यको परिकल्पना गरेका रामपुरका कृषकहरुले जस्तै अन्यन्त्रका कृषहरुले समेत सुरुवात गरेको खण्डमा स्वदेशमै आम्दानी गर्ने बलियो ढोका खुल्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);