सम्पत्ति शुद्धिकरणका हिसाबले सहकारी संस्थाहरु जोखिममा : महानिर्देशक भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सम्पत्ति शुद्धिकरणका हिसाबले सहकारी संस्थाहरु जोखिममा : महानिर्देशक भट्टराई

saptai suddhikaran-sahakari

काठमाडौं, ४ फागुन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्तै जोखिममा रहेको बताउनु भएकोछ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा मानिसको दवाव र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिम समेत रहेकोले त्यसको सुपरिवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डाक्टर टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरु सहकारी संस्थाहरुले अक्षरस परिपालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकोले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);