दुई वर्षमा आर्थिक क्षेत्रमा उल्लेख्य उपलब्धी : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दुई वर्षमा आर्थिक क्षेत्रमा उल्लेख्य उपलब्धी : अर्थमन्त्री

काठमाडौं, ३ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले दुइवर्षमा आर्थिक क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गरेको दाबी गर्नुभएको छ ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिसकेपछि संसद भवन परिसरमा संचारकर्मीसंग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

उहाँले केही ठूला संरचना निर्माणमा स्वभाविक रुपमै समय लाग्ने भएपनि तत्काल गर्न सकिने कामहरु सम्पन्न भएका र सरकारले दुई वर्षमा सामाजिक सुरक्षा लागयतका धेरै राम्रा कामको सुरुवात गरेको बताउनुभयो ।

उहाँले बैंकिङ क्षेत्रको सुधार, रोजगारका कार्यक्रमहरु, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको दावी गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री ओलीले संसदमा गरेको व्याख्या व्यवहारमा नमिल्ने बताउनुभयो । उहाँले महँगी बढेको र असुविधा बढ्दै गएका कारण नेपाली जनता निराशा पैदा भएका उल्लेख गर्नुभयो । पूर्व अर्थमन्त्री कार्कीले जनताले महसुस गर्ने गरी सरकारले आर्थिक क्षेत्रमा काम गर्न नसकेको दावी गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);