गुठी सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत हो: अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गुठी सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत हो: अर्थमन्त्री

yubraj khatiwada

काठमाडौं, ६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरु नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा रहेको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको स्पष्ट पार्नु भयो । सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उहाँले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);