पर्याप्त प्रचारप्रसार तथा व्यवस्थापनको अभावमा ताप्ली पोखरी ओझेल पर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पर्याप्त प्रचारप्रसार तथा व्यवस्थापनको अभावमा ताप्ली पोखरी ओझेल पर्दै

tapti pokhari

गोपाल पोख्रेल

उदयपुर, ६ साउन । उदयपुरको ताप्ली पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपुर्ण भए पनि ओझेलमा पर्दै आइरहेको छ । पञ्चकन्या पोखरीका नामले पनि प्रचलित यो पोखरी पर्यटकीय स्थल बन्ने प्रचुर सम्भावना बोकेर पनि पर्याप्त प्रचारप्रसार तथा व्यवस्थापनको अभावमा ओझेल परेको हो ।

नेपाललाई प्रकृतिको बरदान पाएको देशका रुपमा चिनिन्छ । यहाँ प्रकृतिका अजगिन्ती सुुन्दर सिर्जनाहरु छन् जसलाई हेर्न स्वदेशी तथा विदेशी लालायित छन् र रमाएर स्वर्गीय आनन्द लिन्छन् । तर पर्यटकीय सम्भावना बोकेर पनि पर्याप्त प्रचारप्रसार र उचित पहिचानको अभावमा धेरै सम्भावित स्थलहरु अझै छाँयामा नै परेका छन् । यस्तै पर्यटकीय सम्भावना बाकेर पनि ओझेल मै रहेको स्थलहरुमध्ये एक हो उदयपुरको ताप्ली पोखरी । उदयपुरको ताप्ली गाउँपालिका २ स्थित लेखगाउँमा रहेको यो पोखरी पञ्चकन्या पोखरीको नाममा प्रचलित छ । यस स्थलको उचित व्यवस्थापन तथा प्रचारप्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना बोकेको छ ।

समुन्द्री सतहबाट पाँच हजार नौ सय फिटको उचाईमा रहेको पञ्चकन्या पोखरीको चौडाई करिव ७५ मिटर र लम्बाई तीन सय मिटर रहेको छ । सत्ययुगमा यहाँ पाँचवटा कुवा रहेको र एकदिन साँझ कुवामा पानी भर्न गाउँबाट आएका पाँचवटी कन्या पानी भर्दाभर्दै अलप भएको र भोलिपल्ट सबै कुवा एक आपसमा जोडिएर यति ठूलो पोखरी बनेको किंबदन्ती छ ।

बाह््रै महिना चिसो हुने यस स्थानवाट मनमोहक प्राकृतिक दृष्यहरुको दृश्यावलोकन गर्न सकिन्छ भने पोखरीमा पुजा गर्ने भाकल गरे मनोकामना पुरा हुने धार्मिक जनविश्वास समेत रहिआएको छ । पोखरीमा प्रशस्त पानी भएर पनि माछा भने नभेटिनुलाई पनि दैबी शक्तिको प्रतीकको रुपमा लिइएको छ । पोखरीमा देवीदवताहरु नुहाउने भएकाले माछा नरहेको धार्मिक विश्वास गरिन्छ । पुर्वाधारको विकास र प्रचारप्रसार गरी पर्यटन व्यवसायलाई उकास्ने हो भने यसले स्थानीय विकासका लागि आर्थिक टेवा पु¥याउने कुरामा दुइमत नहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);