धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल ताप्ली पोखरी ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल ताप्ली पोखरी ओझेलमा

प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सम्भावना बोकेर पनि उदयपुरको विकट लेखगाउ गाविसमा रहेको ताप्ली पोखरी ओझेलमा परेको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई

धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल ताप्ली पोखरी ओझेलमा

उदयपुर, फागुन ५ ।
प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सम्भावना बोकेर पनि उदयपुरको विकट लेखगाउ गाविसमा रहेको ताप्ली पोखरी  ओझेलमा परेको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई आकार भएको ताप्ली पोखरी समुन्द्री सतहबाट पाँच हजार नौ सय फिटको उचाइमा रहेको छ । बार्है महिना चिसो हुने यस स्थानवाट मनमोहक प्राकृितक दृश्यावलोकन गर्न सकिनुका साथै, पोखरीमा भाकल गरे मनोकामना पुरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।

 

हरेक बर्ष बैशाख १ गते तान्त्रिक बिधिद्वारा बिशेष पुजाआजा गर्ने परम्परा रहिआएको यस पोखरीमा प्रशस्त पानी भएर पनि माछा भने भेटिदैन । धार्मिक मान्यता अनुसार पोखरीमा स्थानीय देवीदवताहरु नुहाउने भएकाले माछा नरहेको स्थानीयवासी बताउँछन् । ताप्ली पोखरी पर्यटकको गन्तव्य स्थल बन्न सक्ने संभावना रहेर पनि पुर्वाधार र प्रचार–प्रसार अभावमा ओझेलमा परिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);