रौतापोखरीको अझै दिर्घकालीन विकास हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रौतापोखरीको अझै दिर्घकालीन विकास हुन सकेन

गोपाल पोखरेल
उदयपुर, १६ असोज । उदयपुर जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चिनिन्छ, रौता पोखरी । यसको विकास र पर्यटन प्रवर्द्धन गर्न भन्द सरकारले वर्षेर्नी लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । यद्यपी अझै यहाँ विद्युत, सञ्चार जस्ता अति आवश्यक पूर्वाधार पुग्न सकेको छैन ।

समुन्द्र सतहदेखि ५१ सय फिटको उँचाईमा रहेको रौता पोखरी क्षेत्र प्राकृतिक छटाले भरिपूर्ण मनोरम र पूर्वाञ्चलमै प्रसिद्ध धार्मीक स्थल पनि हो । गाईघाटवाट ४४ किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्ने रौता पोखरीलाई धार्मिक आस्थाको केन्द्र र प्राकृतिक रमणीय स्थलका रुपमा पनि लिने गरिन्छ ।

पोखरीमा रहेको रौतादेवीको दर्शन गर्न र यहाँबाट देखिने हिमश्रृङखलाको अवलोकन गर्न जीर्ण र अप्ठयारो सडक प्रयोग गरेर बर्षेनी हजाराैं आन्तरिक पर्यटक यहाँ आउने भएपनि विद्युत र संचारको अभाव खेप्नु पर्ने परेको छ ।

रौताको पर्यटन विकासका नाममा सरकारी तथा गैर सरकारी संस्थाहरुले झण्डै एक दशकयता वर्षेनी खर्च गरेको लाखौं रुपैयाँबाट दीर्धकालीन विकास हुन नसकेको स्थानीयको गुनासो छ ।

बिना गुरुयोजना हचुवाका भरमा रकम खर्च गरिंदा केही उपलब्धी नभएको उनीहरु बताउँछन् । रौता पोखरीका नाममा खर्च गरिने रकम पारदर्शी हुनु पर्ने आवाज बढेपछि गत बर्षदेखि रौतामाई गाउँपालिकाले कुनै काम गर्दा गाउँपालिकाको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।

पोखरीसम्म पुग्ने स्तरीय सडक, विद्युत र संचारको व्यवस्था हुन सके मात्रै रौता क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास हुने सर्वसाधारण बताउँछन् । जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र भएर पनि हालसम्म विकासका आधारभूत पूर्वाधार समेत तयार हुन नसक्नु समग्र उदयपुर जिल्ला र जिल्लावासीकै दुर्भाग्य भएको उनीहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);