काठमाडौँमा यसरी मनाईयो जितीया पर्व (फोटो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

काठमाडौँमा यसरी मनाईयो जितीया पर्व (फोटो सहित)

jitiya parba

काठमाडौं, १६ असोज । राजधानीमा बसोबास गर्दै आएका थारू समुदायका महिलाहरुले मंगलवार जितीया पर्व मनाएका छन । हिन्दू नारीले तीज पर्व मनाए जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया पर्व मनाउने प्रचलन रहेको छ ।

जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजाआजा गर्ने गर्दछन । परिवार र सन्तानको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइने गरेको छ ।

जितियामा सप्तमीको राति दर खाने अर्थात् लाहा खाने, अष्टमीका दिन उपवास बसी जितमहानको कथा सुन्ने, गाउँका महिला जम्मा भएर मौलिक नाच झमटा प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै नवमीमा जितमहान बाबा र घरको कुलदेवताको पूजाआजा गरी जितिया समाप्त पर्ब समाप्त हुन्छ ।

तराईका बिभिन्न जिल्लामा जितिया पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । संस्कृतिको संरक्षण गर्नका लागि काठमाडौँमा पनि जितिया पर्व मनाउन थालिएको थारु समुदायको भनाइ छ ।

jitiya parba1

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);