घर-घरमा धारा जडान भएपछि स्थानीय हर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

घर-घरमा धारा जडान भएपछि स्थानीय हर्षित

पाल्पा, १६ असोज । पानीको अत्यन्तै चरम अभाब भएको पाल्पाको पूर्वखोला गाउँपालिका—१ सिलुवाका सर्वसाधरणले अब खानेपानीका लागी दुख गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

खानेपानी तथा सरसफाई कार्यालयको आर्थीक तथा प्राविधिक सहयोगमा खानेपानी योजना सम्पन्न भए पछि जनताको जीवन स्ततरमा सुधार आएको हो ।

केहि दिन अघि सम्म पाल्पाको पुर्वखोला गाउँपालिकाका सर्वसाधरणले एक गाग्री पानीका लागी विहान र बेलुकाको पुरै समय खर्चनु पर्दथ्यो । जसका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको थियो ।

तर नेपाल सरकारको ४२ लाख र स्थानीय जनताको ११ लाख गरी कुल ५३ लाख रुपैयाँ लागत खर्चमा यस खानेपानी योजना सम्पन्न भएसँगै अहिले सबै स्थानीयको घर घरमा पानीको धारा आएको छ ।

घरघरमा पानीका आएसँगै स्थानीयमा निक्कै खुशि छाएको छ । सडक विद्युत जस्ता आधारभूत विकास पूर्वाधारले गाउँलाई जोडिए पनि यस गाउँमा खानेपानीको अभाव थियो । जसका कारण बर्षेनी बसाइ सर्ने क्रम बढ्दो थियो ।

तर अहिले स्थानीय जनताको सहभागितामा सम्पन्न भएको यस योजनाबाट ६० घर परिवारले यतिखेर सफा तथा स्वस्च्छ खानेपानी उपभोग गर्न पाएका छन् ।

विकासको मेरुडण्डका रुपमा लिइने खानेपानिको समस्या समाधान भएसँगै अब जाम्दीकोटका ६० घरधुरीका वासीन्दाहरुले धारावाट खेर गएको पानिलाई आय आर्जनमा रुपान्तरण गर्न सकेको खण्डमा योजनाले सार्थकता प्राप्त गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);