घरआँगनमा खानेपानी पुगेपछि पाल्पा रम्भा बलङदीका स्थानीय खुशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

घरआँगनमा खानेपानी पुगेपछि पाल्पा रम्भा बलङदीका स्थानीय खुशी

पाल्पा, १५ फागुन । पाल्पाको रम्भा गाउँपालिकाको वीरकोटको बलङदी डाँडामा खानेपानीको आयोजना पुरा भएपछि स्थानीयको जनजीवन सहज भएको छ । संघीय सरकार र स्थानीयको योगदानमा आयोजना पुरा भएपछि सबैको घरघरमा खानेपानीको धारा पुगेको छ । पानी धारा घरमै पुगेपछि स्थानीयको दैनिकीमा समेत परिवर्तन आएको छ । जसले गर्दा स्थानीयमा खुशी छाएको छ ।

पाल्पा रम्भा गाउँपालिकाको वीरकोटको वलङदी डाँडाका स्थानीयले लामो समय पानीको अभाव झैल्दै आएका थिए । बस्ती मुनिपानीको श्रोत भएपनि पानीको हाहाकार भएकोमा पछिल्लो समय आयोजना पुरा भएपछि स्थानीयको दैनिकी फेरिएको छ ।

स्थानीयको श्रम र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक एवं प्राविधिक सहयोगमा आयोजना पुरा भएपछि स्थानीयलाई राहात मिलेको हो ।

एक गाग्री पानीका लागि महिलाले सबेरै पानीको मुहान धाउनुपर्दथ्यो । तर, गाउँमा खानेपानी आयोजना पुरा भएपछि त्यो दुख हटेको छ । गाँउमै पानीको धारा आएपछि विशेष गरि महिलालाई राहात मिलेको स्थानीयको अनुभव छ।

गाउँमा पानी पुगेपछि पिउनका लागि मात्रै होइन, स्थानीयको सरसफाईको क्षेत्रमा निकै परिवर्तन आएको छ । सरसफाईमा सुधार आएपछि स्थानीयको स्वास्थ्य समेत सुधार भएको छ ।

बस्ती तल रहेको पानी, लिफ्टिङ्गको माध्यमबाट बस्तीमा पानी पुगेको छ । गाउँमा रहेका १ सय १५ घरधुरीमा पानीको धारा पुगेको छ । आयोजनामा संघीय सरकारको तर्फबाट १ करोड ३४ लाख ६० हजार र स्थानीयको २६ लाख ४४ हजार गरी १ करोड ६१ लाख ४ हजार रुपैयाँ लागत रहेको थियो ।

कुल लागतमा १ करोड १६ लाख ८६ हजार रुपैँया खर्च भएको डिभिजन कार्यालयले बताएको छ । आयोजना पुरा भएपछि गाउँको पानीको हाहाकार अन्त्य भएको छ । स्थानीयको दैनिकीमा समेत सुधार आएको छ । दैनिकी जीवनसंगै सिंचाइमा समेत आयोजनाले राहात दिएपछि स्थानीय हर्षित छन् । तर, आयोजना पुरा भएसंगै मर्मतसम्भारमा समेत सबैको ध्यान पुग्न सकेमा आयोजनाको लक्ष्य पुरा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);