कोरोना कहरपछि काठमाडौंमा पानीको थप समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोरोना कहरपछि काठमाडौंमा पानीको थप समस्या

khane pani

काठमाडौं, २४ वैशाख । कोरोना भाइरसको उच्च जोखिममा मुलुक छ । विश्व स्वास्थ संगठनले कोरोना भाइरसबाट जोगिन साबुनपानीले पटकपटक हात धुन भनेको छ । कोरोनाको जोखिमबाट सुरक्षित रहन, भौतिक दुरीसंगै हात धुन नियमित गरेमा संक्रमण नहुने चिकित्सकको सल्लाह छ ।

स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र साबुनपानीले मिचिमिची पटकपटक हात धोएमा संक्रमणबाट सुरक्षित रहन सकिन्छ । तर, मुलुकका अधिकांश स्थानमा आमनागरिक पानीको समस्या पनि झेल्दै आएका छन् । यस्तै वर्षाैदेखि पानीको हाहाकार भोग्दै आएको काठमाडौंले कोरोनाको जोखिम बढेपछि थप पानीको समस्या झेलिरहेको छ ।

काठमाडौं उपत्यकामा पानीको माग पुरा गर्न भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा छ । तर वर्षाैदेखि मेलम्ची खानेपानी आयोजना पुरा हुन सकेको छैन । राजनीतिक दलको राजनीतिक नारा बनेको मेलम्ची समयमा आइनपुग्दा कोरोना कहरपछि काठमाडौले थप पानीको समस्या भोग्न परेको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार दैनिक ४३ करोड लिटर पानीको माग छ । हाल लिमिटेडले ९५ लाख लिटर मात्र पानी वितरण गर्दै आइरहेको छ । केयुकेएल अन्तर्गत काठमाडौं उपत्यकामा २२ लाख २१ हजार धारा जडान छन् । ती धारामा फरकफरक दिन पानी वितरण गरिँदै आएको छ । उपलब्ध हुने पानीमा समेत चुहावटको समस्या पनि उत्तिकै छ ।

केयुकेएलका अनुसार २० देखि ४० प्रतिशतसम्म पानी चुहावट हुने गरेको छ । धाराहरूबाट हुने ओभर फ्लो, धारा खोल्ने क्रममा र पुराना पाइपहरू भएका कारण लिकेज हुने गरेको केयुकेएलको दाबी छ ।

काठमाडौं खानेपानी उपत्यका लिमिटेडले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेकै बेला पानीको आपूर्ति घटाइदिएको छ । केयुकेएलले प्रत्येक ६ दिनमा उपलब्ध गराउँदै आएको पानी वितरणको तालिका प्रत्येक १०–१० दिनमा पु¥याएको छ । योसँगै काठमाडौं उपत्यकामा यसअघि प्रत्येक ६ दिनमा उपलब्ध हुने पानी प्रत्येक १०–१० दिनमा मात्र उपलब्ध हुने भएको छ ।

सधै पानीको समस्या झेल्दै आएको उपत्यका कोरोना कहरले पानीको माग बढेको छ । न्यूनतम पानी पनि पु¥याउन नसकेको सरकारले संक्रमणबाट जोगिन पटक पटक साबुन पानीले हात धुन भन्दै सन्देश प्रवाह गरिरहेको छ । कोरोनाको संक्रमण भएपछि लकडाउन छ । लकडाउन भएपछि मानवीय चहलपल कम भएपनि दैनिक पानीको माग बढी छ ।

यसर्थ कोरोनाबाट सुरक्षित रहन साबुन पानीले हात धोउ भन्ने सरकारले मेलम्ची छिटो पुरा गरेर उपत्यकाको पानीको हाहाकारलाई पुरा गर्न अब पहल गर्न आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);