लकडाउनको आज ४४ औं दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लकडाउनको आज ४४ औं दिन

ktm

काठमाडौं, २४ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४४ औं दिन पुगेको छ ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४४ दिन सम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ । लकडाउनको ४४ औं दिन आज पनि अन्यदिनजस्तै काठमाण्डौ उपत्यका सहित देशैभरका शहर बजार सुनसान रहका छन् । प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ । तर सडकमा अत्यावस्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारीसाधनको चाप बढेको छ । काठमाण्डौ उपत्यकामा अत्यावस्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ । अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

मंगलवार उपत्यकाका भित्रि सडकहरुमा केही पसलहरु खुलेका थिए । सरकारले यही वैशाख २५ गते बिहीबार सम्म लकडाउनको घोषणा गरेको छ । त्यसैगरी काठमाण्डौ उपत्यका बाहिर पनि लकडाउनको पूर्ण पालना गरिएको छ । बिभिन्न स्थानीय तहले खाद्य तथा तरकारी र फलफूल पसल खोल्नका लागि समय तालिका बनाएका छन । राजमार्ग पनि प्राय सुनसान रहेका छन । अत्याबश्यक बाहेक लामो दुरीका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);