लकडाउन ३५ औं दिन: बैशाख २५ गतेसम्म लकडाउन जारी, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउन ३५ औं दिन: बैशाख २५ गतेसम्म लकडाउन जारी, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

ktm

काठमाडौँ, १५ वैशाख । कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउनको आज ३५ औं पुगेको छ । लकडाउनका कारण आज पनि अन्य दिनजस्तै काठमाडौँ उपत्यकासहित देशैभरका शहर बजार सुनसान रहेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बैशाख २५ गतेसम्म देशैभर लकडाउन जारी राख्ने निर्णय गरेपछि बिगत दिन जस्तै आजपनि काठमाण्डौ उपत्यका सुनसान रहेको हो । सरकारले पहिलोपटक गत चैत ११ गतेदेखि १ हप्ताका लागि लकडाउन गर्ने घोषणा गरेको थियो । तर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएको हो ।

लकडाउनबाट दैनिक जीवन प्रभावित भएको छ । लकडाउनले कार्यालय, यातायात, पर्यटनक्षेत्र धार्मिक मठ मन्दिर सबैतिर असर परेको छ । अत्यावस्यक काम र सेवाका लागि मात्र सडकमा आउन सरकारले पासको व्यवस्था गरेको छ । सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँचलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् । लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन् । जारी लकडाउनमा राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);