कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा

कपिलबस्तु । कपिलबस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आजविहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो । बिहान लकडाउन बारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो ।

यसै बिच अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म पसलहरु भने खुला रहने प्रशासनले जनाएको छ । कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);