कपिलवस्तुमा निशेधाज्ञाको प्रभाव सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कपिलवस्तुमा निशेधाज्ञाको प्रभाव सकारात्मक

कपिलवस्तु । कपिलवस्तुमा एक महिने लामो जारी भएको कडा निशेधाज्ञा पछि कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै गएको स्थानीय प्रशासनले ठहर गरेको छ । गत बैशाख २१ देखि जिल्लामा निषेधाज्ञा जारी छ । त्यस यता निरन्तर संक्रमितको संख्या बढी रहेको बेला एक साता यता भने कोरोना संक्रमिको संख्या घटदै गएको हो ।

निशेधाज्ञामा सिमा नाकामा शास्श्त्र प्रहरीको निगरानीले सिमानाका पुर्ण रुपले बन्द भएकोले भारतबाट अवागमन रोकिएकोले कोरोना संक्रमिको संख्या घटदै गएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जेठ २० गते साझ सम्म जिल्लामा ६ सय ८४ जना मात्र सकृय संक्रमित छन । यो विचको निशेधाज्ञाले सकारात्मक रुपमा प्रभाव पारेको कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेको भनाइ छ ।

यस बीचमा प्रहरी प्रशासनको कडाई र जनस्तरको साथ समर्थनले कपिलवस्तुमा निशेधाज्ञा प्रभावकारी देखिएको प्रजिअ पाण्डेले जनाएका छन । पहिलो र दोश्रो लहर गरी जिल्लामा ५ हजार २०६ जना संक्रमित भएकोमा ४ हजार ३३८ जना संचो भई घर फर्कि सकेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । जेठ २० गते सम्म १ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । संक्रमितमध्ये अधिकांस होम आइसोलेशनमा बसेका थिए ।

जिल्ला अस्पतालमा अहिले २१ जना मात्र कोरोनो संक्रमित उपचाररत रहेको डाक्टर अमुल्य पाठकले बताए । ५ जना आईसुयुमा छन । स्वास्थ्य कार्यालयका प्रम्ुख हेमराज पाण्डेयले एक सातायता कोरोना संक्रमित र मृत्युको संख्या निरन्तर घटेको बताए । उनले संख्या घटनुको कारण लकडाउन समेत रहेको प्रष्टाए ।

तर पालिकाहरुमा टेस्ट गराउनेको संख्यानिकै कम भएको उनले बताए । कोरोना संक्रमितको संख्या निरन्तर घटेयो भने आउने जेठ २४ सम्म नै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा कम हुने अनुमान गरिएको छ । कोरोना संक्रमितको संख्या कम भएसंगै अव बिस्तारै लकडाउनका स्वरुप परिवर्तन हुने प्रशासन श्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);