गाडिएको चामलको विषयमा बास्तविकता बाहिर ल्याउन माग गर्दै आवाज उठाएपछि नगरपालिका हाताभित्रै झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाडिएको चामलको विषयमा बास्तविकता बाहिर ल्याउन माग गर्दै आवाज उठाएपछि नगरपालिका हाताभित्रै झडप

झापा । कोरोना भाइरस कोभिड १९ का कारण खान समस्यामा परेका अति विपन्न परिवारका लागि दाताहरुले दिएको राहत स्वरुपको चामल कुहिएको भन्दै झापाको गौरादह नगरपालिकाले नगरको हाताभित्र ३ हजार केजीभन्दा बढी चामल गाडेको छ । खाडलमा गाडेको चामलको विषयको बास्तविकता बाहिर ल्याउन आवाज उठाउँदा नगरपालिकामा झडपको स्थिति श्रृजना भएको छ ।

झापाको गौरादह नगरपालिकालाई दाताहरुले दिएको चामलमध्ये ३ हजार एक सय २१ केजी चामलको विषयमा बास्तविकता बाहिर ल्याउन माग गर्दै आवाज उठाएपछि नगरपालिका हाताभित्रै झडपको स्थिति श्रृजना भएको छ । नगरपालिकाले राहत वितरण गर्न प्राप्त भएकोे एक लाख ७६ हजार ३ सय ६० केजी चामल मध्ये ३ हजार एक सय २१ केजी चामल कुहिएको भन्दै यहि जेठ १० गते नगर परिसर भित्रै चामल गाडेको जनाएको थियो ।

सो विषयमा परिवर्तनका लागि युवा अभियान नामक एक संस्थाका युवाहरुले राहतका नाममा व्यापक लापर्वाहि भएको भन्दै आँफूखुशी गाडिएकोले कति गाडियो भन्ने यकिन नभएकोले खनेर हेर्नु पर्ने माग राख्दै आएको छ । नगर प्रमुख तथा उपप्रमुखसँग यस विषयमा जिज्ञासा राख्दै गर्दा नगरप्रमुखको बचाउका लागि आएका कंग्रेस कार्यकर्ताले संचारकर्मी केदार खड्कालाई लक्षित गर्दै आक्रमणको प्रयास गरेसँगै झडपको स्थिति श्रृजना भएको थियो ।

गाडिएको चामलको विषयमा नगर प्रमुख रोहित कुमार शाहले दाताहरुबाट प्राप्त भएको चामलमध्ये ३ हजार एक सय २१ केजी चामल खान अयोग्य भएका कारण मुचुल्का उठाइ नष्ट गरिएको र सो चामल विग्रिएकोमा गल्ति स्विकार गरका छन्।

त्यस्तै नगर प्रवक्ता नगेन्द्र भण्डारीले चामलमा मुसाको लिड देखिएको तथा भुइमा छरपष्ट देखिएपछि आँफै खान अयोग्य भएको ठहर गरेर नष्ट गरिएको प्रतिक्रिया दिए ।

त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष हेमन्त कार्कीले प्राविधिकले परीक्षण गरेको नभएपनि चामल धुलो भएको, चमेराको लिड भएको तथा डल्लो परेका कारण आँफूहरुले अखाद्य भनेको प्रतिक्रिया दिए ।

उता परिवर्तनका लागि युवा अभियानका युवाहरुले भने नगरपालिकाले भनेको जतीनै चामल गाडिएको भए खनेर हेर्न किन नदिएको भन्दै वास्तवमा कति चामल गाडिएको हो सो पत्ता लगाउन खनेर हेर्नु पर्ने बताएका छन् ।

नगरपालिकाले नगरको हाताभित्र गाडेको सो चामल खान अयोग्य छ भनी कतैबाट पनि प्रमाणित भएको छैन् । सोहि कारण स्थानीयले कति चामल गाडियो हामी हेछौं भनि खन्न खोजेपछि रातारात टिपरबाट बालुवा ल्याई सो क्षेत्रमा वालुवा थुर्पान थालिएको छ । सो कारण पनि नगरपालिकाले भनेजतीको परिमाणको चामल गाडिएको छैन कि भनी आशंका गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);