एकैसाथ साढे ४ सय किसानलाई कृषि यन्त्र उपकरण हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकैसाथ साढे ४ सय किसानलाई कृषि यन्त्र उपकरण हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले किसानलाई प्रत्यक्ष लाभ दिएकाेमा जिल्लामा सबैभन्दा अब्बल बनेको छ । उसले एकैसाथ साढे ४ सयलाई कृषि यन्त्र (उपकरण हस्तान्तरण गरेको छ । शिवराजका ४६३ जना कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ ।

नगरको वार्षिक कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा विभिन्न सामाग्रीहरु वितरण गरिएको हो शुक्रवार उक्त सामाग्री वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले उत्पादनमा वृद्धि गर्नको लागि कृषि औजार सहित उपकरणहरु वितरण गरेको बताउनुभयो । खेती गर्न प्रविधि यान्त्रिकरण गर्दै किसानहरुले उत्पादनमा गर्ने बस्तुमा वृद्धि हुने विश्वास रहेको छ ।

नगरका ११ वटै वडाका कृषकहरुलाई हाते सानो ट्याक्टर देखि मकै छोडाउने उपकरण सम्म वितरण गरेको छ । नगरका २२८ जना कृषकलाई पम्पसेट,४५ जनालाई हाते ट्याक्टर,२० जनालाई धान काट्ने मेसिन,५ जनालाई मकै छोडाउने मेसिन,६९ जनालाई स्प्रे,६० जनालाई सिचाई मोटर र ३६ जनालाई वोरिङ उपलव्ध गराएको कृषि विकास शाखाका प्रमुख तारा चौधरीले बताउनुभयो । वितरण गरिएको सामाग्री नगरपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानीमा वितरण गरिएको हो । रु १ करोड १५ लाख को कृषि सामाग्री वितरण गरिएको चौधरीले बताउनुभयो ।

शिवराज नगरपालिका २ की किसानी थारु हाते ट्याक्टर पाएपछि खुसि हुनुहुन्छ। शिवराज नगरपालिकाले दिएको सानो ट्याक्टर पाएपछि थारुलाई खेत जोत्ने गोरु,हलीको चिन्ता हटेको छ । गोरु र हलिको पैसा वचत हुनुको साथै समयको पनि वचत हुने थारुले बताउनुभयो । शिवराज नगरपालिका वडा १ का राम शरण थारुले पम्पसेट पाएपछि अव आकासे पानीको भर पर्नुपर्ने दिन सकिएको बताउँनुभयो । आकास वाट कहिले पानी पर्ला र खेत रोप्न पाईन्छ भन्ने तनाव हुने गरेकोेले अव पम्पसेट वाट पानी तानेर खेत रोपिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);