पाल्पाका कृषकलाई हाते ट्याक्टर वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाल्पाका कृषकलाई हाते ट्याक्टर वितरण

tractor

प्रकाश नेपाल
पाल्पा, ३० बैशाख
। पाल्पाको रिब्दिकोट गाउँपालिकाले कृषिमा आधुनिकरण गर्न कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । ट्याकटरबाट खेतबारी खनजोत गर्न कृषकहरुलाई सहज भएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिकाले ५० प्रतिशत अनुदान र कृषक समुहको ५० प्रतिशत रकममा हाते ट्याक्टर वितरण गरेको हो । हाते ट्याक्टरको लागि २८ वटा निवेदन परेकोमा छनौट गरी २३ जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । ८४ हजार पर्ने हाते ट्याक्टर गाउँपालिकाले ६० हजारमा खरिद गरेको हो ।

गोरु पाल्नेको संख्या कम भएपछि कृषि उत्पादनमा बृद्धि गर्न गाउँपालिकाले हाते ट्याक्टर ल्याएको हो । एक हल गोरुलाई जोत्न एकहप्ता लाग्ने खेतवारी हाते ट्याक्टरले एकै दिन जोत्न सकिने भएपछि कृषकहरुलाई सहज भएको छ । गोरुबाट जोत्न दैनिक २ हजार भन्दा धेरै खर्च रहने गरेको थियो । अहिले हाते ट्याकटरको प्रयोग गरेपछि खर्चमा समेत कटौति भएको छ । कृषकहरुले बाँझो रहेको खेतबारीमा समेत बाली नगाउन थालेका छन् ।

पुरुषहरु रोजगारका लागि विदेश पलायन भएपछि महिलाहरु ट्याकटर चलाउन सिक्न थालेका छन् । कृषकहरुले मेसिन औजार मात्र हैन व्यवसायीक खेतीका लागि अनुदान र तालिमको व्यवस्था गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);