निदान अस्पतालको डायालासिस र एक्स–रे कक्ष जलमग्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निदान अस्पतालको डायालासिस र एक्स–रे कक्ष जलमग्न

nidan hospital

ललितपुर, ३० बैशाख । आइतबार अकस्मात परेको पानीको कारण ललितपुरस्थित निदान अस्पतालको डायालासिस र एक्स–रे कक्ष जलमग्न बन्यो । ढलको सही व्यवस्थापन नगरी संरचना निमार्ण गर्दा ललितपुरको पुल्चोकस्थित निदान हस्पिटलमा ढल पसेको हो ।

ढलको पानी डायालासिस र एक्स–रे कक्षमा पसेपछि उपचारका लागि आएका विरामी समस्यामा परे । अस्पताल प्रशासनको लापरबाहीको कारण उपचार कक्षमा ढल पस्दा आफूहरुलाई समस्या भएको बिरामीका आफन्तको भनाइ छ । पानी चुहिएर अस्पतालमा राखिएका औषधीहरुसमेत भिजेको छ ।

यस विषयमा कुरा गर्नखोज्दा अस्पतालको प्रशासन शाखामा कर्मचारी नै भेटिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);