चिकित्सक नुहँदा अस्पतालका सेवाहरु प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिकित्सक नुहँदा अस्पतालका सेवाहरु प्रभावित

मोहम्मद ईजहार शेष
नवलपरासी, १८ माघ
। पश्चिम नवलपरासीको सबैभन्दा पुरानो पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सक नुहँदा सेवाहरु प्रभावित भएका छन् । अस्पतालबाट सेवा नपाएपछि बिरामीहरु चर्को शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् ।

नवलपरासीको रामग्राम नगरपालिकाको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, दरबन्दी भएका चिकित्सक कोही पनि अस्पतालमा आउँदैनन् । विशेषज्ञ चिकित्सक नै अस्पतालमा नआएपछि सम्बन्धित सेवाहरु बन्द नै भएका छन् । अस्पतालका आवश्यक सेवाहरु बन्द हुँदा बिरामीले अस्पतालभित्रै निशुल्क र कम मूल्यमा पाउने सेवाका लागि अस्पताल बाहिर चर्काे मूल्य तिर्नुपरेको छ ।

अस्पतालमा भिडियो एक्सरे सेवा ५ महिनायता बन्द छ । तीनसय रुपैयाँ तिरेर लिन पाइने एक्स रे सेवा बन्द हुँदा बिरामीहरु अस्पताल बाहिर एक हजार रुपैयाँसम्म तिर्न बाध्य छन् । त्यसो त भिडियो एक्स रेबाट अस्पतालमा हुने गरेको वार्षिक १४ लाख रुपैयाँसम्मको आम्दानी पनि गुमेको छ । यस्तै सामान्य शल्यक्रियामार्फत गराइने प्रसुती सेवा पनि बन्द हुँदा अस्पतालमा प्रसुती गराउनेको संख्या दिनहुँ घट्दै गएको छ । अर्कोतिर अस्पतालमा फार्मेसी सेवा सञ्चालनमा त छ तर औषधी छ्रैन । यसरी, सरकारले निःशुल्क उपलब्ध गराउने औषधीसमेत विरामीले मेडकलबाट किन्नुपरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आनन्तकुमार शर्माका अनुसार स्वास्थ्य विभागले विशेषज्ञ चिकित्सकहरु पूर्ति गर्न नसकेकाले अधिकांश सेवाहरु बन्द भएको हो ।

नवलपरासीको सबैभन्दा पूरानो अस्पतालको यो दूरावस्थाप्रति जिल्लाबासी चिन्तित बनेका छन् । उनीहरुले अस्पताल व्यवस्थापन समिति र जनप्रतिनिधिलाई अस्पतालको सहज संचालनका लागि पहल गर्न आग्रह पनि गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);