स्थानीय तहबाटै जनताले स्वास्थ्य सेवा पाउने : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्थानीय तहबाटै जनताले स्वास्थ्य सेवा पाउने : स्वास्थ्यमन्त्री

काठमाडाैं,  १७ माघ । स्वास्थ्यमन्त्री दीपक बोहराले संघीय संरचना अनुसार स्थानीय तहबाटै स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेगरी व्यवस्थापनको तयारी भइरहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार काठमाडौंको एक होटलमा दातृ निकायसँग गरेको २ दिने वार्षिक संयुक्त समीक्षा बैठकको उद्घाटन गर्दै मन्त्री बोहराले प्रदेश र स्थानीय निकायबाटै जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने गरी व्यवस्थापनको काम भइरहेको बताए ।

बैठकमा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल भएको छ । समीक्षा बैठक भोलीसम्म चल्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);