कान्ति बाल अस्पतालमा जनशक्ति अभाव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कान्ति बाल अस्पतालमा जनशक्ति अभाव

काठमाडौं, २२ पुस । स्थापनाको ५६ औ बार्षिकोत्सव मनाईरहदा पनि कान्ति बाल अस्पतालको स्वास्थ्य लगायतका सेवा व्यवस्थित र प्रभावकारी हुन सकेका छैनन् ।

बालबालिकाहरुको एक मात्र केन्द्रिय अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालमा अहिले पनि पर्याप्त जनशक्ति छैनन भने सरकारले उपलब्ध गराउने भनिएको निःशुल्क औषधि सेवा पनि उपलब्ध हुन सकेको छैन ।

अस्पताल भित्र रहेको फार्मेसिमा आश्वयक औषधी नपाईने, विरामीको उपचारको समयमा पर्याप्त स्वास्थ्यकर्मी नहुने तथा सरसफाईको अवस्था पनि अत्यन्तै नाजुक भएको गुनासो सेवाग्राहीले गर्ने गर्दछन् ।

सेवाग्राहीको व्यापक गुनासो आईरहेका बेला अस्पतालको ५६ औ बार्षिकोत्सव समारोहलाई औपचारिक सम्बोधन गर्न पुगेका स्वास्थ्यमन्त्री दिपक बोहराले अस्पतालको सेवा सुधारका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने आश्वासन दिए । प्रविधि , जनशक्ति लगायत विषयमा अस्पतालको स्तरोन्नति संगै सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको उनले बताए ।

पछिल्लो समय कान्ति बाल अस्पतालको जागिर छाडेर बाहिरिने स्वास्थ्यकर्मी कर्मचारीको संख्या बढ्दै गएको छ । ५२ सैयाको एकीकृत आईसियू स्थापना गरिएको अस्पतालमा जनशक्ति अभाव लगायत कारणले ३६ शैया मात्रै संचालनमा छन् ।

संचालनमा ल्याईएको ३६ शैयाको आईसियुमा काम गर्ने नर्सको अभावमा केही समय अघि देखि सो सेवा नै प्रभावित हँुदै आएको छ । सबै किसिमका स्वास्थ्य सेवा गरि अस्पतालमा अहिले ३ सय ५१ शैया संचालनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);