बाजुराका स्वास्थ्य संस्थाहरु अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बाजुराका स्वास्थ्य संस्थाहरु अन्योलमा

मदन वि.क.
बाजुरा, २२ पुष ।  स्थानीय तहले अधिकार पाएको लामो समय वितिसक्दा पनि नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधीहरु स्थानीय तहले अहिलेसम्म पनि खरिद गर्न  नसक्दा बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरु अन्यौलमा परेका हुन् ।

तत्कालिन अवस्थामा स्वास्थ्य संस्थाहरुलाई औषधि खरिद गर्नका लागि स्थानीय तहरुले पैशा पनि दिएका छैनन् । अहिले औषधीको चरम अभाव भए संगै सामान्य सिटामोल समेत स्वास्थ्य संस्थामा उपलव्ध छैन् । बडिमालिका नगरपालिकाको साविकको बुढीगंगा स्वास्थ्य चौकीमा पनि आबश्यक औषधीको अभाव रहेको छ । स्थानीय तह हुनुभन्दा पहिले औसधी समयमै आउने गरेको र काम गर्न सहज थियो, अहिले अन्योल भएको छ, बुढीगंगा स्वास्थ्य चौकी ईन्चार्ज ललिता रोकायाले गुनासो गरिन् ।

तिनै चरणका निर्वाचन पश्चात नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुरा जिल्लाका सवै स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तान्त्रण भईसकेका छन् । स्थानीय तहमा स्वास्थ्य चौकी हस्तान्त्रण भएपनि जिल्ला स्वास्थ्य कार्यालय जवसम्म रहन्छ तवसम्म आफ्नो जिम्मेवारी निभाउने र तत्काल स्वास्थ्य संस्थाहरुमा समस्या आएपछि आफ्नो कर्तव्य अनुसार सहयोग गरिरहने कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अनुसार, स्थानीय तहमा स्वास्थ्य चौकी हस्तान्त्रण भईसकेपछि सम्वन्धित नगरपालिका र गाउँपालिकाले जिम्मेवारी लिन जरुरी रहेको छ । स्थानीय तहलाई स्वास्थ्य संस्था संचालन गर्न र क्षमता अभिवृद्धिकरण गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयको भुमिका रहने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जिल्लामा ४ नगरपालिका र ५ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहेका छन् साथै जिल्लामा एक स्वास्थ्य कार्यलय, एक प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था रहेका छन् । यी स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर रहेका गाँउमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र समेत स्थापना भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);