सिरहाको अधिकांश स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिरहाको अधिकांश स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको चरम अभाव

aausadhi

सुरेन्द्रकुमार कामती,
सिरहा, २१ जेठ । सिरहाको अधिकांश स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको चरम अभाव भएको छ । औषधी अभाव हुँदा बिरामीले महंगो मूल्यमा नीजि पसलबाट किन्न बाध्य भएका छन् ।

५० सैयाको जिल्ला अस्पताल सिरहा लगायतका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो । सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनेपनि जिल्लादेखि गाउँमका स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ । औषधि अभाव हुँदा बिरामीहरुले महंगो मूल्यमा नीजि पसलबाट किन्न बाध्य छन्। जिल्ला अस्पतालमा एन्टिबायोटिकदेखि जीवनजलसम्मको अभाव छ ।

स्थानीय तह मार्फत स्वास्थ्य संस्थामा औषधि आउनु पर्ने हो । स्थानीय तहले टेन्डर आह्वान गरेपनि औषधी आपूर्तिमा ढिलाइ भएको छ । जिल्ला अस्पतालले औषधि अभाव हटाउन स्थानीय तहमा ताकेता गरिरहेको प्रतिक्रिया दिएको छ ।
एक बर्षसम्म पनि जनप्रतिनिधिहरुले औषधिको अपूर्ति गर्न नसकेको भन्दै सरोकारवाले तत्काल स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड नगर्न सचेत गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);