बाजुराका अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाजुराका अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव

मदन विश्वकर्मा
बाजुरा, २ वैशाख । बाजुराका अधिकांश स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ । क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि नपठाउँदा औषधि अभाव भएको हो । औषधि अभाव भएपछि बिरामीहरु नीजि स्वास्थ्य संस्थाबाट महंगोमा उपचार गराउन बाध्य भएका छन् ।केन्द्रबाट औषधि नपठाउँदा बाजुराको अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव भएको सरोकारवालाको भनाई छ । ७० प्रकारका औषधि निःशुल्क रुपमा प

ाइन्छ । तर केन्द्रले औषधि नपठाउँदा स्थानीय तहमा औषधि पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । स्वास्थ्य संस्थामा औषधिको अभाव भएपनि बिरामीहरुले नीजि स्वास्थ्य संस्थाबाट महंगोमा औषधि किन्नु परेको गुनासो गरेका छन् ।

ग्रामीण भेगका स्थानीय औषधि अभावका कारण उपचारका लागि जिल्ला अस्पताल धाउन बाध्य भएका छन् । सबै अधिकार स्थानीय तहमा गएकाले बजेट अभावका कारण औषधि ल्याउन नसकिएको जिल्ला अस्पतालको भनाई छ ।

बाजुरामा १ जिल्ला अस्पताल, २६ स्वास्थ्य चौकी, १ प्राथमिक स्वास्थ्य केन्द्र, ८ वटा सामुदायिक स्वास्थ्य ईकाइ र २ वटा शहरी स्वास्थ्य केन्द्र छन् । गर्मी बढेसँगै जिल्ला अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ । त्यसैले अत्यावश्यक औषधि तत्काल उपलब्ध गराउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);