३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौला सम्बन्धी समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौला सम्बन्धी समस्या

kidney-stock

अन्जना तिमलसिना

काठमाडौं, २ वैशाख । नेपालका करिब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौला सम्बन्धी समस्या रहेको तथ्याङ्क छ । नसर्ने रोगबाट प्रभावित मध्ये करिब १० प्रतिशतमा मृगौला सम्बन्धी समस्या देखिएको छ । पछिल्लो समय बालबालिकामा पनि मृगौला सम्बन्धी समस्या देखिन थालेको छ ।

मृगौला मानव शरीरको एक संवेदनशील अंग हो । पछिल्लो समय जीनशैली र खानपानमा आएको परिवर्तनले मृगौला रोगीको संख्या बढ्दो छ । जटिल घातक समस्या मानिने मृगौला सम्बन्धी समस्या बालबालिकामा पनि देखिन थालेको वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषीकुमार काफ्ले बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अघिल्लो बर्ष गरेको अध्ययनमा एक बर्षको अवधिमा अस्पताल भर्ना भएका बालबालिका मध्ये ६ दशमलव ९८ प्रतिशतमा कुनै न कुनै रुपमा मृगौला सम्बन्धी समस्या देखिएको पाइएको थियो ।

बालबालिकाको मृगौला कति स्वस्थ हुन्छ भन्ने आमाको गर्भमा हुँदा देखि नै तय हुन्छ । साथै जंक फुडको प्रयोग, परिवर्तित जीवनशैली, पानीको कमी जस्ता कारणले बालबालिकामा मृगौला सम्बन्धी समस्या निम्तने चिकित्सकको भनाइ छ ।

चिकित्सकहरुका अनुसार कुनै अवस्था मृगौला ९० प्रतिशत सम्म खराव भइसक्दा पनि कुनै लक्षण देखिँदैन । समान्यता मधुमेह, उच्च रक्तचाप भएकाहरुलाई मृगौला सम्बन्धी समस्या हुने सम्भावना रहन्छ ।

मृगौला सम्बन्धी समस्या हुँदा पिसाब पोल्ने, शरिर सुनिने, स्वास फेर्न गाह्रो हुने, रक्तचाप बढ्ने, खानामा रुची घट्ने, पिसाबमा प्रोटिनको मात्रा बढी देखिने जस्ता लक्षण देखा पर्छ । अत्यधिक पेनकिलरको प्रयोगले पनि मिर्गौला रोग लाग्न सक्छ ।

समयमै रोग पहिचान गरी उपचार गर्दा निको हुने मृगौलासम्बन्धी रोग कति पय अवस्थामा भने अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । त्यस्तैले मृगौला रोगबाट बच्न समयसमयमा परिक्षण गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);