आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो

२६ फाल्गुन, काठमाडौं । आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो

२६ फाल्गुन, काठमाडौं । आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

मिर्गाैला रोगबारे जानकारी दिन र यसबाट बच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गाैला दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गाैला परीक्षण, ¥याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।

त्यस्तै दिवसका अवसरमा काठमाडौमा बिहिबार बिहान प्रभातफरी समेत गरिएको छ । प्रभातफेरीपछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले मिर्गाैलाको उपचार सरकारले गर्ने बताउनुभयो । अब नेपालमा मिर्गाैला पीडितले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अबस्था नआउने बताउनुभयो ।

नेपालमा कुनै न कुनै रुपमा २५ लाख भन्दा बढीलाई मिर्गाैला सम्बन्धी समस्या रहेको अनुमान गरिएको छ । मिर्गाैला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गाैला परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);