प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुँदै

pm oli kidney transplant

काठमाडौं, ३० फागुन । गत बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनु हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्णस्वास्थ्य लाभ भएपछि आज साँझ डिस्चार्ज गर्न लागिएको त्रिवि शिक्षण अस्पतालले विज्ञप्तीमार्फत जनाएको छ ।

ओलीलाई मृगौला दिने समीक्षा संग्रौला यस अघि नै डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन । मृगौला दिने संग्रौला र प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको २१ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यसअघि उहाँको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);