१२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

१२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं, ३० फागुन । गत बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्णस्वास्थ्य लाभ भएपछि आज साँझ डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

ओलीलाई मृगौला दिने समीक्षा संग्रौला यस अघि नै डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

डिस्चार्ज पछि प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार जानुभएको छ । प्रधानमन्त्री १२ दिन अस्पताल बसेर आज साँझ बालुवाटार फर्कनुभएको हो ।

प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । डिस्चार्ज पछि उहाँ नियमित चिकित्सकको फलो अपमा रहने अस्पतालले जनाएको छ ।

उहाँको २१ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यसअघि उहाँको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);