प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले केहीबेर अघि डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्री डिस्चार्ज हुनु अघि बिहीबार नै उहाँको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेर विरामी भएका प्रधानमन्त्रीलाई भेट्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो ३:४५ बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे। डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटारतर्फ प्रस्थान गर्नुभएको छ ।

अचानक पेट दुखेपछि मंसिर १० गते अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको  साेही दिन नै एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।

अस्पतालले जारी गरेकाे प्रेस विज्ञप्ती:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);