प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिदै (विज्ञप्ती सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिदै (विज्ञप्ती सहित)

kp oli

काठमाडौं, १४ कात्तिक । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली केही बेरपछि ग्राण्डी अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिनुभयो । मेडिकल डाइरेक्टर पाण्डेले भन्नुभयो, ‘अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले आजै डिस्चार्ज गर्ने निर्णय गरिएको छ ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको डाईलासिस पनि सफल भएको छ । उहाँको बिहीबार दोस्रो पटक गरिएको मृगौलाको डाईलासिस पनि सफलतापूर्वक सम्पन्न भएको हो ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई अस्पतालमै पुगेर भेटेका थिए । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केहीबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बताएका  थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);