नेतृत्वले विकास निर्माणमा ध्यान नदिंदा सरकारको आलोचना : मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेतृत्वले विकास निर्माणमा ध्यान नदिंदा सरकारको आलोचना : मुख्यमन्त्री पोखरेल

काठमाडौं, १९ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिज्ञहरुले जनतालाई राज्य निर्माणमा भएका कामहरु बताउन नसक्दा आलोचना बढ्दै गएको बताउनुभएको छ ।

समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काममा कार्यकर्तालाई लगाउन नसक्दा अलोचना बढेको बताउनुभएको हो ।

उहाँले देशको आर्थिक विकास ७ प्रतिशत पुग्दा समेत आर्थिक वर्षको सुरुवातमा आर्थिक वृद्धि ५ प्रतिशत भन्दा कम हुने प्रक्षेपण हुनुलाई आलोचनात्मक सोचबाट सबैक्षेत्र प्रभावित भएको बताउनुभयो ।

उहाँले कृषि, पर्यटन तथा पूर्वाधार मार्फत विकासका कामलाई तिब्र गतिमा अगाडी बढाउन सक्ने सम्भावना हुँदा पनि सरकारप्रति विश्वास गर्ने सोचको विकास हुन नसकेको बताउनुभयो । उहाँले नेतृत्वमा पुगेकाहरुले इमान्दारपुर्वक विकास निर्माणमा ध्यान नदिंदा आलोचना बढ्दै गएको बताउनुभयो ।

सरकारले निर्यातलाई जोड दिने नीति लिएपनि देशमा निर्यात प्रवद्र्धन हुनेगरी उद्योग स्थापना हुन नसकेको उहाँले बताउनुभयो । उहाँले दिगो आर्थिक विकासका लागि उत्पादनमा आधारीत र आयात प्रतिस्थापन गर्ने उद्योगको स्थापना हुनुपर्ने बताउनुभयो ।

त्यस्तै परम्परागत राजनीतिक प्रणालिमा सुधार हुन नसके विकास सम्भव नभएको बताउँदै कृषिमा आधुनिकिकरण, पर्यटन क्षेत्रमा नविन सोचको विकास राजनीति गर्नेहरुमा हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आलोचनालाई सकारात्मक रुपमा प्रयोग गर्न नसके देशको आर्थिक समृद्धि हासिल गर्न सरकार असफल हुने समेत बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);