“विकास निर्माणमा स्थानीय सुझाव प्राथमिकतामा” मेयर ढकाल | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

“विकास निर्माणमा स्थानीय सुझाव प्राथमिकतामा” मेयर ढकाल

सुमन रायमाझी,सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकालले स्थानीयको सुझाव र आवश्यकतालाई मध्यनगर गर्दै विकास निर्माण अघि बढ्ने बताउनुभएको छ।
बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले जनगुनासो र प्रथमिकताका क्षेत्रमा केन्द्रित रहेको नगर अघि बढ्ने बताउनुभएको हो । नगरको वडा नं. १ को कार्यालयले नगरवासीहरुको सहभागितामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष रोहीणी पोखरेलले फत्तेपुरमा रहेका समस्याहरुलाइ तत्कालिन र दीर्घकालिन रुपमा विभाजित गरेर कार्य अघि बढाउने बताउनुभयो । दीर्घकालीन रुपमा आवश्यक स्थानमा स्थायी शौचालय बनाउने र तत्काललाई अस्थाई शौचालय बनाउने योजना रहेको उहाँको भनाइ थियो । वडाध्यक्ष पोखरेल भन्नुहुन्छ, “फोहर व्यवस्थापनकालागि डम्पिङ साइट निर्माण गछौँ, डिपीआरको तयारी भइरहेको छ।”

शुभकामना आदान प्रदान कार्यक्रममा फत्तेपुरमा प्राथमिकताका विषय शिघ्रताका साथ अघि बढाउन स्थानीयहरुले आग्रह गरेका थिए । स्थानीयको सुझाव अनुकुल यातायात पार्किङ, वसपार्कको उचित व्यवस्थपन, बजार एरियामा लोड अनलोडको समस्या, नागरिक सहायता कक्ष लगायतका बिषयमा ध्यानाकर्षण भएको भन्दै यसलाइ वडा एवम् नगरले शिघ्रताका साथ अघि बढाउने बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);