दाङको देउखुरी क्षेत्रलाई विश्वकै नमुना शहरको रुपमा विकास गर्छौ : मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

दाङको देउखुरी क्षेत्रलाई विश्वकै नमुना शहरको रुपमा विकास गर्छौ : मुख्यमन्त्री पोखरेल

ओमप्रकाश गुप्ता

दाङ १६ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी क्षेत्रमा प्रदेश पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमका बीच प्राधिकरणको कार्यालय उदघाटन गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रलाई विश्वकै नमुना शहरका रुपमा विकास गर्ने बताउनुभएको छ ।

प्राधिकरण स्थापना भएसंगै अब राजधानी क्षेत्रको गुरुयोजना तयार हुने र सोही अनुसार विकासका पुर्वाधार निर्माण हुने मुख्यमन्त्री पोखरेलको भनाई थियो । उहाँले ढल निकास निर्माण संगै विद्युत, टेलिफोन र ईन्टरनेटको तारलाई जमिन मुनिबाट विस्तार गरिने पनि बताउनुभएको थियो ।

कार्यालय उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, भौतिक योजना तथा पुर्बाधार मन्त्री बैजनाथ चौधरी, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भने प्राधिकरण कार्यालयको बारेमा प्रमुख कार्यकारी अधिकृत धुव्र मजगैयाँले जानकारी गराउनुभएको थियो ।

Leave a Reply

ताजा समाचार