लुम्बिनी प्रदेश : स्थायी संरचना नबन्दै मन्त्रालय दाङमा सार्न हतारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लुम्बिनी प्रदेश : स्थायी संरचना नबन्दै मन्त्रालय दाङमा सार्न हतारो

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी संरचना नबन्दै मन्त्रालयहरू स्थायी राजधानी दाङ सार्न थालेको छ । बुटवलमा रहेको अस्थायी संरचनाबाट सञ्चालन भइरहेका मन्त्रालय दाङका अस्थायी संरचनामै सार्न थालिएको हो ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ देउखुरीको एक वडा कार्यालयमा लगिएको छ । राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारको साविक ५ नम्बर वडा कार्यालयमा मन्त्रालय लगिएको हो ।

प्रदेश सकरारले पूर्वाधारविना नै स्थायी राजधानी देउखुरीमा मन्त्रालय र कार्यालय स्थापनाका लागि दबाब दिएपछि मन्त्रालय सार्नुपरेको कर्मचारीहरू बताउँछन् । यसअघि गत साउनमा प्रदेशको ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि देउखुरी लगिएको थियो । मन्त्रालय सारेपनि कर्मचारीहरू भने दाङ जान मानेका छैनन् ।

ग्रामीण तथा सहरी विकास मन्त्रालय खानेपानी महाशाखा प्रमुख ध्रुव धितालले मन्त्रालय सरेर गएपछि त्यहाँ कर्मचारीहरूलाई कोठा भाडामा लिन र खाना तथा आवासमा समेत समस्या भएको बताए । पूर्वाधार नबन्दै मन्त्रालय दाङ  लैजान थालिएपछि मन्त्रालयको कामकाज सञ्चालनमा पनि समस्या हुने देखिएको छ । आधिकारिक ट्रेड युनियनका प्रदेश संयोजक मेघदेव पन्तले जबर्जस्ती अस्थायी संरचनामा मन्त्रालय सार्दा सेवा प्रवाहमा सहजता नआउने बताए । 

बुटवल राजधानी भएका कारण करिव एक हजार कर्मचारीहरूले यहाँ सरुवा मिलाएका थिए । तर, मन्त्रालय दाङ सार्न थालेपछि कर्मचारीहर”ले फेरि सरुवा खोज्न थालेको बताइएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले  अब सबै मन्त्रालय दाङ सारिने बताए । “अब छिटै नै अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरु गर्नेछन्,’उनले भने । उनले स्थायी राजधानी कार्यान्वयनका लागि सहयोगी भूमिका खेल्न सबैसँग आग्रह गरे ।

२० असोज २०७७ लुम्बिनी प्रदेशसभाले प्रदेशको स्थायी राजधानी देउखुरी तोकेको थियो । प्रदेश सरकारले भने स्थायी संरचनाका लागि गुरुयोजना अनुरुप अघि बढ्ने भनेको छ । तर, संरचनाबारेको अध्ययन भने अझै सकेको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);