दाङको देउखुरीमा प्रदेश सभा भवन निर्माणको प्रक्रिया अगाडी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाङको देउखुरीमा प्रदेश सभा भवन निर्माणको प्रक्रिया अगाडी बढ्यो

ओमप्रकाश गुप्ता
भालुवाङ (दाङ), २९ फागुन ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती उपत्यकामा प्रदेश सभा भवन निर्माणको प्रक्रिया अगाडी बढेको छ । भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले बोलपत्र आव्हान गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाले यसै असार मसान्तभित्र भवन निर्माण सकिने जानकारी दिए । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयको कम्पाण्डभित्र भवन निर्माण गर्न लागिएको हो ।

प्रदेश ५ सभाले गते असोज २० गते प्रदेशको नाम र स्थायी राजधानी टुंगाएको थियो । प्रदेश सभा बैठकले स्थायी राजधानी राप्ती उपत्यकामा र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।

प्रस्ताव पारित अनुसार राप्ती उपत्यकामा रहेको राप्ती गाउँपालिका गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नम्बरको ८ र ९ लाई समेटेर प्रदेश राजधानी क्षेत्र तोकिएको छ ।

राजधानी तोकिएपछि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गत माघ १६ गते प्रदेश पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । स्थायी राजधानी तोकिएपनि पूर्वधारको अभावमा अहिले पनि बुटवलमै प्रदेश सरकार र प्रदेश सभाका कार्यसञ्चालन हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);