देशलाई बर्बादीतर्फ जान नदिन कांग्रेसले नेतृत्व लिन्छ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

देशलाई बर्बादीतर्फ जान नदिन कांग्रेसले नेतृत्व लिन्छ : पौडेल

बागलुङ, २९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई बर्बादीतर्फ जान नदिन नेपाली कांग्रेसले नेतृत्व लिने बताएका छन् ।

नेपाल प्रेस युनियन बागलुङले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट पार्टीले पाएको जनमत उनीहरु आफैले छिन्न भिन्न पारेकाले देशलाई बर्बादीतर्फ जान नदिन कांग्रेसले नेतृत्व लिने बताएका हुन् ।

नेता पौडेलले संसदीय प्रणालीमा संसदबाटै समस्याको समाधान खोज्ने भन्दै अहिलेको समयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै सरकार बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले नेपालको राजनीतिमा विकृती भित्र्याएको आरोप लगाएका छन् ।

अब पनि वर्तमान सरकारलार्ई जोगाउन लाग्नेहरुको राजनीतिक निष्ठा र राष्ट्रियतामाथि पनि प्रश्न उठ्ने उनले टिप्पणी गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);