मलाई प्रधानमन्त्री बन्ने हतारो छैन : दाहाल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मलाई प्रधानमन्त्री बन्ने हतारो छैन : दाहाल

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन्।

प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्याप नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताए ।

मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने जिकिर गरे । उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्यापले सम्मृद्धिको सवालमा कयांै प्रश्नहरु उठाएको भन्दै उनले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जाने विश्वास व्यक्त गरे ।

पुस्तकमा आफुलाई गाली गर्नेहरुको जमातलाई विभिन्न नेताका क्रियाकलापसंग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दै उनले विरोधीले गरेको आलोचना भन्दा पनि आफ्नो वर्गले आफुलाई ठिक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गरे । गर्नुभयो । अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफुलाई मार्न खोजेको, तर जनताले बचाएको उल्लेख गर्दै आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभई तीनै लक्षित वर्ग र समुदायको हितको लागि भएको स्पष्ट पारे “मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन । प्रधानमन्त्रीको निम्तिको लडाई पनि होइन मेरो । ”

आलोचकहरुले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छवि बनाउने कोशिस गरेको उल्लेख गर्दै उनले लेखकले भने यथाअवस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रसंसा पनि गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);